सहारा आहा रारा गोल्डकप फुटवल फाईनल खेल | नेपाल पुलीस क्लव विजयी | Kaski News

माघ २० गते २०७४
सहारा आहा रारा गोल्डकप फुटवल पोखरा

खेलकुदको बिकासमा सहकार्य गरौं पोखरालाई पर्यटन शहरको रुपमा बिकास गरौं भन्ने नाराका साथ पोखरामा शनिवार भएको १६ औं सहारा आहा रारा गोल्डकप फुटवलको फाईनल खेलमा नेपाल पुलीस क्लवले १ – ० ले रुस्लान थ्री स्टार क्लवलाई पराजीत गरि उपाधी हासिल गरेको छ । रुस्लान थ्री स्टार क्लवले दोस्रो स्थानमै चित्त बुझाउनु पर्यो ।

उपाधी जितेको नेपाल पुलीस क्लवले रु. ७ लाख १ हजार नगद पुरस्कार सहित , शिल्ड, र मेडल प्राप्त गरेको छ भने दोस्रो भएको रुस्लान थ्री स्टार क्लवले रु ३ लाख ५१ हजार सहित शिल्ड र मेडल प्राप्त गरेको छ ।

खेलको निर्धारित समयमा कुनै पनि तर्फबाट गोल हुन नसके पछि थप गरिएको १० औँ मिनेट मा नेपाल पुलिस क्लवका राम वादे ले १ गोल गर्न सफल भएका थिए । सोही गोलनै आजको निर्णायक गोल बन्न पुग्यो ।

आज भएको खेलमा नेपाल पुलीस क्लवल का राम वोजी खेलको म्यान अफ द म्याच घोषित भएसंगै उनले रु. ५ हजार पुरस्कार र टफी समेत प्राप्त गरे ।

आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन, ,पोखरा लेखनाथमहानगरपालिकाको संयोजन ,पश्चिमाञ्चल खेलकुद विकास समिति ÷जिल्ला खेलकुद बिकास समिति कास्की÷सहारा यु.के.÷सहारा हङ्गकङ्ग समेतको बिशेष सहयोगमा सञ्चालन भएको थियो ।

Also See : कम्प्यूटर तालीम अथवा मर्मतको लागी सम्झनुहोस :

BABA COMPUTERS, POKHARA

Leave a Reply

Your email address will not be published. Required fields are marked *