Novel : APARICHIT MAHILA (अपरिचित महिला) – Part 4

blogs

Written by : Bikram Khadka

” बस्नुस न एकैछिन । म नबोलेर नराम्रो लाग्यो होला । अलिकती तनाबमा छु । तपाइसङ्ग कत्ती कुरा गर्न मन छ । एकैछिन है….” एति भनेर उ उठेर अलिकती उता गै अनि फोनमा बोल्न थाली । म फेरि मनमा कुरा गम्दै त्यही बस्न बाध्य भये । एकैछिनमा उ आइपुगि । उस्को अनुहारमा प्रसन्नता देखेर अब कुरा सुरु गर्न उचित सम्झिये ।तर उस्को निजि कुरा नसोध्ने निर्णय नि गरे।
“अनि आज यहाँ के  कामले आउनु भयो नि आदित्य जि?स्मरण शक्ति नि मान्नुपर्छ । म त भुलिसक्या थिये ।” उस्ले मुस्कुराउदै भनी।
“आदि, आदि भन्नुस न । आदित्य भन्दा कति टाढा जस्तो महसुस हुन्छ । अब त हामी साथी भयौ नि। ” प्रस्न अनुसारको जवाफ थियेन मेरो । आदि भनेर बोलाउदा माया मिसियेझै लाग्थ्यो मलाइ , त्यसैले साथिहरुलाइ नि आदि नै भन्न लाउथिये ।
” आदि सुन्नुस न, मेरो अलिकती सपिङ्ग गर्नु छ। फृ हुनुन्छ भने गफ गर्दै जाउन । ” उस्ले मुस्कुराउदै भनी । म त उस्को हरेक कुरामा आकर्सित थिये । उस्को कुरा नाइ नि भन्न सकिन । हुन्छ भनेर जवाफ त निक्लियो तर घाँटी मै रोकियो अनि टाउको मात्र इसारा स्वरुप हल्लियो । उ सब्जि पसल तिर लागि अनि प्याज ,आलु , के के किनि । गफ गर्ली भन्ने आसा मात्र रह्यो मेरो चाहिँ। बरु उल्टै उस्को सामानको भारी बोकेर उस्को पछिपछि हिड्नु पर्यो । बिचबिचमा बोल्थी त्यो पनि आलु प्याज छान्न लाई । मनमनै सोचे , घरमा आमाले एक बाल्टी पानी ल्याइदे न छोरा भन्दा झर्किने म एउटि अन्जान केटिको सब्जिको भारी बोकि हिड्दैछु भनी ।
एकैछिन पछि हामी फेरि त्यही चौतारीमा आइपुग्यौ । “उफ कस्तो गर्मी । ” रुमालले पसिना पुछ्दै बसि  ।
फेरि फेरि मौका नगुमाउने सोचेर मैले कुरा अघि बढाउने सोचे । ” तपाइको घर नजिकै हो र? अनि अहिले कता बाट आउनु भयेको कपि बोकेर? ” मैले प्रस्न गर्दै कुरा सुरुगरे । सन्सारमा जति पनि कुराकानी सुरु हुन्छन प्राय प्रस्न उत्तर बाटै सुरु हुन्छ । मैले नि त्यसै गरे ।
” हजुर , यहि तल हो । एता साथिकोमा गाको थिये अनि यो नोट लियेर आकि । अनि तपाईं नि?” उस्ले जवाफमा प्रतिप्रस्न थपी । उस्को प्रस्न सुनेर म झसङ्ग भये । म जे कामको लागि आको थिये त्यो त पुरै भुलेछु गफैगफमा ।
” ला, म त सखुवाको पात पो लिन आको थिये । भुसुक्कै बिर्सेछु । भोलि पुजा छ घरमा, आमाले टपरा छैनन भन्नू हुन्थ्यो। ढिला पो भयो । अहिले जान्छु न है । तपाइको फोन न, दिनु न बरु ।” आतिदै भने अनि नम्बर टिप्न मोबाइल झिके ।
नम्बर दिन अलिकती आनाकानी गरि अनि मेरो फस्बुक आइडी मागी । हतार हतार उस्को कपि खोलेर  आफ्नो आइडी को नाम लेखिदिये अनि ब्लाक टिसर्ट लाको फोटो छ भन्दै म त्यहा बाट गये । आफ्नो काम सकेर घर फर्किये । बाटोमा त्यो घटना सम्झिदै मनैमन खुसी हुँदै थिये म ।
अब बस प्रतिछ्या थियो त सृफ उस्को फ्रेन्ड रिक्वेस्टको । घर पुगुन्जेल बारम्बार आइडि चेक गरे । आयेन अनि भरै गर्ली भन्ने सोचे ।
राती धेरै बेर सम्म कुरे तर पनि आयेन अनि मनमा कुरा खेल्न थाल्यो । कतै गर्दिन कि, खोज्न झ्याउ पो मानी कि? एस्तैएस्तै सोच्दै निदायेछु । भोलिपल्ट उठ्नासाथ मोबाइल हेरे । उस्को रिक्वेस्ट आको रैछ । एसेप्ट गरे अनि उस्को प्रोफाइल हेरे । उस्को पोस्टहरु पढे, फोटोहरु हेरे , अनि लाइक नि गरे । उस्को फसबुकमा सबै मेरै लाइकको नोटिफिकेसनले भरियो होला सायद । मेसेजमा हाइ लेखेर छोडे ।
भरै उस्लाइ फेरि अन्लाइन भेटे । रिप्लाइमा हेलो लेख्या रैछ । बिस्तारै हाम्रो कुरा हुन थाल्यो । दुइचार दिन पछिको लगातार कुरा पछि मैले उस्लाइ भेट्ने प्रस्ताब गरे । भेट्ने स्थान नि उस्ले भनी । म निकै उत्साहित थिये । सायद मेरो जिन्दगीको पहिलो डेट थियो यो । उस्ले भेट्न सनिबार बोलाकी थिइ । तर दुई दिन अगाडि देखि नै मनमा खुल्दुली थियो । के गर्ने , कसो गर्ने भनेर । प्रतिछ्या गर्न नि कत्ती गारो हुदो रैछ । दुई दिन पनि दुई बर्स झै गरि बिताये । अनि अन्तत सनिबार आयो । मेरो प्रतिछ्याको दिन ।
त्यो हाम्रो पहिलो भेट थियो । हामी दुई अपरिचित थियौ तर पनि दुई प्रेमी जसरी उत्साह थियो मभित्र उस्लाइ भेट्न । भेट्ने ठाउँ पनि कुनै रेस्टुरेन्ट या डेटिङ स्पोट थियेन । उस्ले बाटो पारिको घुम्ती छेउको चिया पसलमा भेटौ न भन्या थिइ । मोबाइलमा फोटो खिच्दै कपाल बिग्रेको छ छैन हेर्दै उस्को बाटो हेरि कुरिरहे ।
पलपल उस्लाइ सम्जिदै उस्को तस्बिर हेर्दै बिताइरहेको थिये म ।….
..To be continued
Featured image via PIXABAY 

Leave a Reply

Your email address will not be published.