Novel : APARICHIT MAHILA (अपरिचित महिला) – Part 3

blogs

Written by : Bikram Khadka

दिन्भरी दाजुसङ्ग एताउता कुदेर थाक्या थिये । बेलुका साइकल किनेर फर्कने भये । मैले ती महिलालाइ भुल्नै सक्या थिइन । जब बेलुका गाडी चढ्ने बेला भयो , मैले यताउता धेरैबेर हेरे। कतै फेरि भेट पो भैहाल्छ कि भनेर । तर त्यस्तो केही भयेन । म एक्लै फर्किये । मन कताकता खुसी थियेन । गफैगफमा न त नाम सोधेछु, नत नम्बर नै मागेछु ।मनमनै सोछे नम्बर माग्या थिये भने नि दिन्थिन होला । जे होस जिन्दगिको अवसमरणिय घटना सम्झी घर फर्किये । घरमा त्यो कुरा कसैलाइ भनिन । कहिले भोलि हुन्छ र साथीलाइ सुनाम भनी सोचिरहे । भोलिपल्ट साथिहरुलाइ सुनाये तर उनिहरुको प्रतिकृया केही नआयेकोले फेरि त्यो घटनाको कुरा गरिन । धेरै दिनसम्म त्यो घटना मेरो मस्तिस्कमा बारम्बार आइरह्यो । नाम , फोन न. नलियेकोमा पछुतो पनि भयो । बारम्बार त्यही घटना सम्झियेर मलाइ यति सम्म भयोकी अब फेरि त्यस्तै घटना घट्यो भने अवस्य मौका गुमाउने छैन ।
लग्भग १ महिना पछि म काम परेर् पथरी गयेको थिये । मैले त ती महिलाको अनुहार भुल्नै लाग्या थिये कि अचानक मैले उन्लाइ एउटा चौतारिमा बसिराख्या देखे । कुर्ता सुरुवाल , हातमा कपि , आखामा हल्का गाजल बाहेक केही थियेन । बर्सौ कुरेर भेट भये जस्तै गरेर मैले हतारियेर उ भये ठाउँ गये ।
“हाइ, तपाइको घर यहि हो?” मैले हास्दै सोधे ।
” हजुर हो त । तर तपाईं को हो?” उसले नचिनेझै गरि भनी । यो सुन्नासाथ अनुहारको हासो नै उढ्यो । कतै म झुकियेकी भनेर पनि सोछे ।” अस्तिनै , बसमा धरान, घोपा क्याम्प” डरले मेरो मुखबाट यति मात्र निस्कियो ।
” खै , मैले त चिनिन,” उस्ले भनी र आफ्नै सुरमा मोबाइल चलाउन थाली । म निरास भयेर फर्कियेर अलि पर पुग्या मात्र थिये कि , पछाडी कसैले बोलाये जस्तै लाग्यो ।” सुन्नुस त, तपाईं त्यही कलेज पढ्ने केटा हो?” उस्ले  दुबिधा पुर्ण सोधी । अब मेरो खुसी को सिमा नै रहेन । ……………..
“हजुर हो । म त्यही केटा हो । त्यो दिन गफैगफमा तपाइको नाम सोध्नै भुलेछु । मेरो नाम चाहिँ आदित्य , आदित्य गौतम । ” परिचय दिदै मैले आफ्नो हात अघि बढाये ।उसले पनि हात मिलाउदै आफ्नो नाम कृतिका भनी । उसलाइ भेटेर उत्तेजित मेरो मन , झन उसले हात मिलाउदाको त्यो स्पर्श , म पलपल उस्को स्पर्श महसुस गर्दैथिये ।मैले त्यो भन्दा पहिला पनि धेरैसङ्ग हात मिलायेको थिये । तर उसङ्ग स्पर्समा बेग्लै अनुभूति थियो । यो हैन कि
मलाइ उसङ्ग प्रेम भयो, म त केबल उप्रति आकर्सित मात्र भयेको थिये ।
यो सब त हुनु नै थियो । एउटै ब्यक्तिको बारे दिन रात सोच्यो भने उ तिर आकर्सित त भैहालिन्छ नि । अनुहारमा मुमुस्कान लिइ एकटक भै उस्लाइ हेर्दैथिये म । उस्ले यो सब बिचार गरिराथी अनि अफ्ट्यारो महसुस गर्दै बस्न आग्रह गरि । छेउमा बसे अनि भुइमा हेर्दै औला पड्काउन थाले । अनुहार बिस्तारै रातो हुँदै थियो, मनमा डर सृजना भैसक्या थियो ।कसरी , के कुराबाट कुरा सुरु गरौ भनेर सोच्नै सक्या थिइन । अनि यो सबै मेरो मनमा एति छिटोछिटो भैराको थियो, मानौ समय स्थिर भै मलाइ एउटै कुरा भनी राथ्यो कि ” छिटो गर आदि, यो मौका नगुमा ” । लामो सास फेरे अनि
डरलाइ लुकाइ कुरा अघि बढाउने निर्णय गरे ।
” कसैलाइ कुर्नु हुदैछ कि? त्यो दिन फर्किदा तपाइलाइ हेरे तर तपाईं फर्किसक्नु भयेछ ।
आज यसरी भेट होला भन्ने सोच्या नि थिइन ।” नजर झुकाउदै  मैले भने ।
जस्तो सोचेको थिये, तेस्तो केही भयेन । पहिला र अहिले स्थिती फरक थियो । पहिला भेट्दा जस्तो उ थिइन अहिले । मेरो कुरा नसुनेझै गरि उस्ले । जवाफ नआउदा नराम्रो नि लाग्यो ।अब मलाइ त्या बस्न उचित लागेन । सायद म नै गलत थिये होला । कसैले हासेर बोलेको मैले धेरै नै मनमा लियेछु । उ भने आफ्नै तालमा थिइ ।  बेकारमा आफ्नो समय खेर फालेछु भनेर सोचे । म उठे अनि उतिर फर्केर जाने कुरा
ब्यक्त गरे  । मान्छेको मनमा पनि कति छिटो सपना बुनिदो रैछ । पहिलो भेटमै नाम घर ठेगाना अनि नम्बर पाउने अनि भेट्ने गफ गर्ने इछ्या बड्दो रैछ । तपाईं हरु उस्लाइ मेरो क्रस हो भन्न सक्नु हुन्छ । जुन केही बेर पछि छुट्दै थियो अनि अनि हाम्रो कहानी सकिदै थियो, सृफ एउटा मीठो सम्झना बनी जस्को अन्त्य मैले कोर्न जानिन ।
यो सबै घटनाको अन्त्य त्यही हुन्छ होला भन्ने सोच्या थिये । तर हरेक चोटि म जे सोच्थिये नतिजा बिपरित भैदिन्थ्यो ।फर्केर हिड्न लाग्या मात्र के थिये कि कसैले आफ्नो हात समातेको महसुस भयो । फर्केर हेरे हात समात्ने तिनै महिला थिन । म केही बोलिन, मात्र ती महिलाको स्पर्समा डुबिरहेथिये । म आफै सोच्न सक्या थिइन कि किन उस्को र अरुको स्पर्शमा एति धेरै फरक छ?
….to be continued

Leave a Reply

Your email address will not be published.