Novel : APARICHIT MAHILA (अपरिचित महिला) – Part 2

blogs

Written by : Bikram Khadka

“म पनि धरान जादैछु ।कस्तो मिलेको है? हामी एकै ठाउँ जाने रैछौ ।” उस्ले हास्दै भनी ।म भने आस्चार्यमा परिराख्या थिये ।बसमा हिड्दा एकै ठाउमा जाने मान्छे त कती हुन्छन कति नि ।
फेरि मैले उस्को हातमा अस्पतालको रिपोर्टकार्ड देखे अनि सोध्न मन लागिहाल्यो ।”घोपा क्याम तिर जानुभयेको हो?” मैले सोधे ।अनुहार मलिन बनायेर उस्ले “अ”भनी अनि एक्छिन मौन रहि। एक्छिन दुबै बोलेनौ । फेरि उस्ले भनी “जिन्दगी नि कस्तो कस्तो। मेरो त जिन्दगी नि दु:खले भरियेको रैछ ।कहिल्यै कल्पना नगरेको कुरा हुदो रैछ जिवनमा ।”
“तपाईं त कति धेरै बोल्नु हुदोरैछ ।” मैले उ तिर हेर्दै भने । जवाफमा उस्ले भनी ” धेरैपछि आज बाचेको महसुस गरिरहेकी छु । त्यसैले खुसी सम्हल्नै सकिराको छैन ।”
मनोभाब नि कति चाडै बद्लिदो रैछ । अगिसम्म नराम्री ,बिग्रेकी केटि लाग्ने ती महिला अब मलाइ कुनै गम्भीर रोगकि बिरामी हुन र मनका कुरा कसलाइ सुनाम भनी बसे जस्तो लाग्यो ।म उत्सुक भये उस्को कुरा सुन्न ।अब भने म आफैलाइ उ सङ्ग कुरा गर्न मन लाग्यो । केही नबोली उस्को हातको रिपोर्ट समाये अनि खोले ।उ मतिर हेर्दै थिइ र मलाइ बोध भयो कि मैले एक अपरिचित महिलाको हातबाट केही लियेको थिये ,त्योपनी नसोधी ।
“माफ गर्नुहोला, तपाइलाइ के भयेको रैछ भनेर हेर्न मन लाग्यो र कति छिट्टो लियेछु ।” अलि डराएर मैले भने ।
“हैन केही हुन्न ।मलाइ केही भयेको छैन ।सामान्य बिरामी मात्र हो । मलाइ पहिला ट्युमर हो धेरै बाच्दैन भनेको थियो एउटा अस्पताल ले तर पछि अरु अस्पताल ले छैन भनिदियो । जिन्दगि पायेकोमा त म खुसी छु तर जे गुमाये त्यो कसैले नगुमाओस ।” उ एकाएक गम्भीर हुँदै गइ ।
“तपाइको गर्ल्फ्रेन्ड छ?” उस्ले प्रस्न गरि ।
छ भनौ या छैन भनौ म दोधार्मा परे । केटा मान्छेको जात न हो भये पनि छैन भन्छन ।मेरो भने थियेन, त्यसैले “छैन” भने ।तर उस्ले किन सोधी थाहा पाउन सकिन ।
“धन्न तपाइको गर्ल्फ्रेन्ड रैनछ । मायाको सम्बन्धमा बस्नु, अरुको खुसीमा आफुलाइ खुसी पाउनु, एक अर्कालाइ साथ दिने अनि जिन्दगीका सपनाहरु सङ्गै बुन्ने , यिनै हुन प्रेममा मिल्ने खुसी । तर कति खेर सपना टुट्छन केही थाहा हुन्न ।” उस्ले अनुहार एकएक अँध्यारो बनाइ । आखामा पिलपिल आँसु देखिन्थ्यो उस्को । मलाई पनि उप्रति सहानुभुती जागेर आयो ।
“के भयो भन्नू न? सारै दुखी देखिनु हुन्छ नि।”
मैले जिग्यासु पाराले भने ।
एक छिनको मौनता पछि…………एकाएक उ फेरि हास्न थाली ।म भने आस्चार्यमा परे ।घरी रुन खोज्ने घरी हास्न खोज्ने क्षति केटि होला भन्ने सोचिरहे ।मैले उस्को चरित्र चित्रण गर्न सकिराख्या थिइन । हुन त दुई घन्टाको भेटमा कस्लाइ पो चिन्न सकिन्छ र ।
“I loved him so much, अहिले पनि गर्छु ,तर अहिले अवस्था फरक छ । हामि अब सङ्गै छैनौ ।। सायद यहि नै हाम्रो भाग्य थियो । ”
“को तपाइको बोइफ्रेन्ड?” उस्को कुरा काट्दै बिचमै मैले सोधे ।
“उम, उ र म बच्चै देखीको साथी, स्कुल नि सङ्गै पढ्यौ । कलेज नि सङ्गै पढिराछौ । माया बसेको नि तीन चार बर्स भैसक्यो ।तर अब हामी बिच केही छैन । श्रिफ  साथी मात्र । म बिरामी भये भनेर मैले आफैले उस्लाइ मेरि एउटि साथिसङ्ग बिहे गर्न कसम खुवाये । म मरेपछी उसलाइ दुख नहोस भन्ने सोच्या थिये । तर न म मर्ने नै रैछु न त अब उस्लाइ फेरि माया गरु ।” लामो सुस्केराको साथ उस्ले भनी । मानौ बर्सौ देखीका कुरा सुनाउन कसैलाइ पर्खी बसेकी हो ।
“यस्तै हो सोचे जस्तो कहाँ हुन्छ र जीवन । जे लेख्या छ त्यही हुन्छ नि हैन र?” मैले सान्तवना दिये झै उस्लाइ भने । मैले धेरै त केही बुझ्या थिइन तर उस्को ब्रेकअप भयेको रहेछ भन्ने चाहिँ बुझे ।
“अ, जे भयो भयो अब सम्झेर मन किन दुखाउनु र । त्यसैले हास्न खोजिरहेछु ।” ……..
“टिकट , टिकट , भाइ कहाँ सम्म? यता बहिनी ? ” उस्को कुरा चलिरहदा एक्कासी कन्डक्टरले भन्यो । गोजिबाट पैसा र कार्ड निकाल्नै लाग्या थिये कि उस्ले हामि दुई  जनाको पैसा , धरान्सम्म भन्दै दिई । म झन छक्क परे । केही बेरको भेटमा अरुको बहाल तिर्ने पहिलो ब्यक्ती थिइन ती महिला, त्यो पनि एक अपरिचित ब्यक्तिका लागि ।
हामी त्यस्तै कुरा गरिराख्यौ । उसङ्ग बोल्दा मैले वरिपरि अरुब्यक्तिलाइ ध्यान नै दिइनछु । हामी
धरान पुग्नै लाग्या थियौ कि उस्ले हास्दै भनी ,” भरै कति बजे फर्किनुहुन्छ नि?सङ्गै जान हुन्थ्यो नि है ।” “मेरो त केही टुङ्गो छैन हौ ।” मैले भने ।तर यति बुझे कि उ मसङ्ग अझै कुराकानी गर्न चाहान्छे ।
भानुचौक पुगेर उ घोपा क्याम तिर लागि, म नि ओर्लेर जान लाग्या थिये बसको खलासीले भन्यो`के हो भाइले त एकैछिनमा पट्याइदेको? फोन नम्बर नि मागेउ होला नि?´´
अरुको अगाडि केटिसङ्ग बोल्दा पूरा सन्सार जित्न लागेझै लाग्ने 16,17 का ठिटाहरुझै मैले नि हास्दै भने दाजु फोन नम्बर हैन भेट्नै भनेकी छे ।
बास्तबिक्ता के थियो त्यो सृफ ती महिला र मलाइ थाहा थियो ।

To be continued…

Leave a Reply

Your email address will not be published.