Novel : APARICHIT MAHILA (अपरिचित महिला) – Part 1

blogs

Novel : APARICHIT MAHILA (अपरिचित महिला) – Part 1

Written by : Bikram

मेरो सधै बसमा निदाउने बानी थियो । बस चढ्यो कि निदाइ हल्थिये । खै बानी नै भनुम कि त्यति खेर त्यस्तै के हुन थियो त्यो दिन पनि म बसमा निदाउनै लाग्या थिये । मलाई अजै त्यो दिन याद छ । म बस्दा छेउको सिट खाली थियो । प्राय बसमा हिड्दा खाली शीट नै रोज्थिये । छेउमा कोइ केटि बस्छे कि भनेर । मलाइ मात्र का हो र? प्राय सबै केटाहरुले येस्तै चाहान्छन  ।
भर्खर सोर्ह बर्सको म, कलेजको पोसाकमा थिये ।मेरो कलेज मेरो घर भन्दा एक घन्टाको बाटोमा थियो । कलेज बसमै आउने जाने गर्थिये ।कलेजमा भने अरु ठिटा झै म पनि कपाल  ठाडो पारेर ,सर्ट बाहिर निकालेर,युनिफर्म नलाइ हिद्थिये  ।त्यो दिन भने गाडीमा बिध्यार्थी हु भन्न पुरै पोसाकमा थिये । म त्यो दिन सानो काम परेर धरान जाँदै थिये ।दमकबाट गाडी चढेर पथरी पुग्दा म निदाउनेइ लाग्या थिये कि एक्कासी मेरो छेउमा एउटि महिला आयेर बसिन । महिला भन्नाले सबै उमेर कि लाई जनाउछ । तर ती महिला कुनै बुढि आईमाई नभयेर मेरै उमेर कि केटि थिन । मलाइ केटि भनेर उसको सम्बोधन गर्न भन्दा महिला भन्दा राम्रो लाग्छ । भर्खर पन्ध्र सोर्ह झै देखिने,कुर्था सुरुवाल लगायेकी न गोरि न काली, सामान्य सुन्दर नै थि उ । म अलि खुसी नै भयेको थिये । बसमा यात्रा गर्दा छेउमा कोइ आफ्नै उमेर कि केटि पर्यो भने भाग्यमानी भन्ने सुनेको थिये । म त्यै कुरा सम्जिदै मन्मनै हासे ।
“झन्डै बस छुटेको” श्वास छिटो छिटो फेर्दै उस्ले भनी। उस्को बोली बाटै प्रस्ट भये कि उ दौडिदै आयेकी थि ।कसरी बोल्ने होला भनेर सोच्नै नपाइ उसैले कुराकानी सुरु गरि ।मलाइ नि त्यस पछि बोल्न केही अप्ठ्यारो लागेन ।
“हजुर, कहाँ सम्म जान लाग्नु भयो एस्तो हतारमा ?” मैले सोधी हाले ।
“धरान जाँदै छु । 12 बजे हस्पिटल पुग्नु छ ।
हेर्नू न बाटोमा साथिलाइ भेटेर  बोल्ने हुदा झन्डै बस छुट्यो ।त्यै माथी म ढिलो उठे, घरको काम सकेर आउनु पर्यो । छोरी मान्छे भयेसी येस्तै हो ……….।” उ बोल्दै गइ । एउटा प्रस्नको जवाफ सायद नै मैले जिवनमा येसरी यति लामो पायेको थिये । त्यो पनि कुनै महिला बाट,फेरि प्रस्न पनि के नै थियो र , कहाँ जानुभयेको? त हो । मनमनै सोचे अरु केटिलाई ढोग्नु पर्छ बोल्नलाइ, यो त बरु आफै बोल्दै पो छे ।
………
फेरि सोचे कतै यो तेस्ती केटि त हैन? सन्कुचित सोचको हाम्रो समाज नारिलाइ एउटा सिमामा बाधेको छ ,जहाँ अलिकति हास्यो, डुल्यो, कोहिसङ्ग हिड्यो , जिस्कियो भने गलत सोचिन्छ ।अनि उपनाम दिइन्छ “भालु” भनेर । त्यही समाजमा हुर्केको म, जति नै पढेलेखे नि मैले पनि त्यही नै सोच्न भ्याये ।यति सोची सकेपछी मैले उस्लाइ हेर्ने नजर भिन्न भयो ।अब ती महिला सधारण महिला बाट एउटि बिग्रेकी केटिमा परिवर्तन भैसकेकी थिइन ।यो नसोच्नुहोस कि म हरेक महिलालाइ त्यस्तै सोच्छु भनेर ।तपाईं हरु भये तपाईं नि त्यस्तै सोच्नु हुन्थ्यो ।
“तपाईं कहाँ कलेज जानुभयेको?” उस्ले प्रस्न गरि ।बोलुम नबोलुम दुबिधामा परेको म उस्को प्रस्नले झसङ्ग भये ।फेरि बोल्दैमा त केही हुन्न भन्दै जवाफ दिये,”हैन, सानो काम परेर कलेजबाट धरान गयेको। यती भनी सक्दा मैले उस्को अनुहारमा एउटा खुसिको चमक देखे । मैले उस्को उत्सुक्ताले भरियेको अनुहार देखेर बुझिहाले कि उ मसङ्ग कुरा गर्न मन गरिराखेकी छे ।
(To be continued…)

Leave a Reply

Your email address will not be published.